बालापुरमा डिप ट्युवेलको उद्घाटन
कोहलपुर ११ भदौ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको राप्तीसोनारी–८ बालापुरमा सिचाईका लागि निर्माण गरीएको डिप ट्युवेलको उद्घाटन गरेकाछन् ।
गृह जिल्ला बाँके आएका मन्त्री अथकले ‘समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रम’ अन्तर्गत एक करोड लागतमा निर्माण गरीएको डिप ट्युवेलको उद्घाटन गरेका हुन् ।
ट्युवेल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले राप्तिसोनारीलाई कृषी र पर्यटन क्षेत्रका रुपमा बिकास गर्दै लगिने बताए । उनले सिचाई सुबिधापछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन केन्द्रका रुपमा समेत बिकास गर्ने लक्ष्य राखीएको बताए ।
बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भित्र पर्ने सो क्षेत्रमा वन्यजन्तुबाट हुने सक्ने जोखिमबाट सचेत हुनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सो क्षेत्रमा उत्पादित अर्गानिक कृषी उपज कोहलपुर र नेपालगन्जको तारे होटलमा बिक्रि गर्न सकिने धारणा राखे ।
जनप्रतिनिधीहरुले बिकासका ढोका खोलिदिने काम गर्नुपर्ने बताउँदै उनले बिकासलाई स्थानीय जनताले सदुपयोग गर्न सक्नुपर्नेमा समेत जोड दिएका थिए । बालापुर क्षेत्रमा डिप ट्युववेल, बिद्यालय भवन, तटबन्ध लगायतका संरचना निर्माणका लागी पहल गरेका मन्त्री अथकले राप्तीसोनारी–८ नम्बर वडालाई समेट्ने गरि ११ किलोमिटर लामो रिङरोड निर्माणका लागी समेत पहल भईरहेको उल्लेख गरे ।
बाँके निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका मन्त्री अथकले आफु जनप्रतिनिधीका रुपमा रहँदा र नरहे पनि एक राजनैतिक नेतृत्वका हिसाबले जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहने प्रतिबद्धता समेत व्यक्त गरे । आफ्नो मन्त्री र सांसदको पदाअवधि छोटो रहेको र फेरी पनि जनप्रतिधी बन्न सक्नेतर्फ संकेत गर्दै उनले बाँकी कामहरु आगामी कार्याकालमा समेत ईमान्दारीता पुर्वक पुरा गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती पुन ‘उषा’, राप्तीसोनारी वडा नम्बर–८ का अध्यक्ष शालिकराम डाँगी लागयतले संघीय सांसद र मन्त्रीका रुपमा अथकले सो क्षेत्रको बिकासका लागी महत्वपुर्ण योगदान गरेको चर्चा गरेका थिए ।
एक करोड लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाले बालापुर गाउँका एक सय ५० बढि किसानको झण्डै ९० विगाह जमिनमा सिचाई सुविधा पुग्ने बताईएको छ । आकाशे पानीको भरमा सिचाई गर्न बाध्य बालापुरका किसानहरुलाई डिप ट्युववेल सिंचाई आयोजनाले निकै राहात भएको स्थानीय हिमलाल डाँगीले बताए । उनले मुस्किलले एक बाली मात्रै खेती हुने सो स्थानमा अब सहजै ३ बालीसम्म खेती गर्न सकिने भन्दै खुसी ब्यक्त गरे ।
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश
चीनले उद्धार सक्यो, निर्माणको काम पनि धमाधम