नेपालगन्ज ११ भदौ : थारु समुदायले मनाउने बड्का अटवारी पर्वका अवसरमा दुई दिन सार्वजनिक विदा दिइएकोछ । बाँकेका दुई पालिकाले उक्त सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
थारु बाहुल्यता भएको बाँकेको राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले बड्का अटवारी पर्वका अवसरमा सार्वजनिक विदा दिएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका दुई दिन १२ र १३ गते सार्वजनकि विदा दिएकोछ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले स्थानीय सार्वजनिक विदा गरिएका पालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यलयहरु बन्द रहने जानकारी दिए ।
यस्तै बाँकेकै बैजनाथ गाउँपालिकाले एक सूचना जारी गर्दै भदौ १२ गते आईतबार एक दिनका लागि विदा दिने जनाएकोछ ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेकोछ । बाँकेको ८ वटै पालिकामा थारु समुदायको बसोबास भएपनि संख्यात्मकरुपमा सबैभन्दा बढि राप्तीसोनारी त्यसपछि बैजनाथ गाउँपालिकामा रहेकाछन् । भने क्रमश कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा थारु समुदायको बसोबास रहेकोछ।