नेपालगन्ज १२ भदौ : आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा काँग्रेस अभियान’ बाँकेमा सुरु भएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले आईतबार एक समारोहका बीच उद्घाटन गरे ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए ।
काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्ने काँग्रेसका नेताहरुले पाँच दलिय गठबन्धन गर्नु बाध्यता भएको बताए । तर, पार्टी एक्लै भएपनि चुनाव जित्न सक्ने बताए । अभियान यही भदौ २४ गतेसम्म चल्ने बताइएको छ ।
कार्यक्रममा केन्द्र, लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश सभा, गाउँपालिका÷नगरपालिका, वडा तहका पार्टीका सभापति तथा प्रतिनिधीहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो ।
पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी