‘जनताको साथमा काँग्रेस’ अभियान : बाँकेका ८ वटै पालिकामा खटिए प्रतिनिधि


‘जनताको साथमा काँग्रेस’ अभियान :  बाँकेका ८ वटै पालिकामा खटिए प्रतिनिधि

नेपालगन्ज १३ भदौ : ‘जनताको साथमा काँग्रेस’ अभियान अन्र्तगत बाँकेका ८ वटै पालिकामा प्रतिनिधि खटाइएकोछ । नेपाली काँग्रेस बाँकेले ‘जनताको साथमा काँग्रेस’ अभियानका लागि जिल्लाका आठ वटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको हो ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले आठ वटा पालिकामा प्रतिनिधि खटाइएको जानकारी दिए ।

गौडेलका अनुसार जिल्ला प्रतिनिधिका रुपमा पार्टी पदाधिकारीहरुलाई नै खटाइएको छ । केन्द्रले सञ्चालन गरेको अभियानलाई सफल बनाउन जिल्ला स्तरबाट पनि पालिकामा एक÷एक जना प्रतिनिधि खटाइएको हो । पार्टीले बाँकेमा काँग्रेसका केन्द्रिय सदस्य दीपक गिरीलाई प्रतिनिधिका रुपमा खटाएकोछ ।

पार्टी सभापति गौडेलका अनुसार जिल्ला कार्यसमितिका उपसभापति गोपालप्रसाद अधिकारीलाई डुडुवा गाउँपालिका, अर्का उपसभापति कृष्णबहादुर कार्कीलाई कोहलपुर नगरपालिका तथा सचिवद्वय सुधांशु कोइरालालाई नेपालगन्ज उपमहानगरपालिका र सञ्जु कुमारी चौधरीलाई नरैनापुर गाउँपालिकामा खटाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै कोषाध्यक्ष यज्ञबहादुर बस्नेतलाई बैजनाथ गाउँपालिका, सहसचिवद्वय रेणुसिंह ठाकुरलाई जानकी र विनोदकुमार थारुलाई खजुरा गाउँपालिकामा जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ । पार्टी प्रबक्ता डिल्ली गिरीलाई राप्तीसोनारी गाउँपालिकाको प्रतिनिधिका रुपमा खटाइएको सभापति गौडेलले बताए ।

पालिकामा खटिएका जिल्ला प्रतिनिधिहरुले केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिसंग समन्वय गर्नेछन् । अभियान अवधिभर सम्बन्धित पालिकामा क्रियाशील रही विभिन्न वडा र टोलका कार्यक्रममा सहभागी हुने गौडेलले बताए ।
यस्तै ’जनताको साथमा काँग्रेस’ अभियानलाई सफल बनाउन आगामी भदौ २०, २१ र २२ गते तीन वटै संघीय निर्वाचन क्षेत्रमा कार्यक्रम गरिने जनाइएको छ ।

२० गते क्षेत्र नम्बर १ मा, २१ गते क्षेत्र नम्बर २ मा र २२ गते क्षेत्र नम्बर ३ मा कार्यक्रमको आयोजना गरिने प्रबक्ता गिरीले जानकारी दिए । अभियानको समापन भदौ २४ गते गरिनेछ ।