कोहलपुरमा मेयरको ‘डोजर’ चलेनः अबरोध पुर्‍याउनेलाई संस्थागतरुपमा बहिस्कार गर्ने चेतावनी

स्थानीयको अवरोधपछि अभियान स्थगित


कोहलपुरमा मेयरको ‘डोजर’ चलेनः अबरोध पुर्‍याउनेलाई संस्थागतरुपमा बहिस्कार गर्ने चेतावनी

कोहलपुर १३ भदौः तीजको दर खाने दिनमा विहानै डोजर लिएर कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य खटिए । कोहलपुरको न्यूरोडमा अतिक्रमण गरि बनाइएका संरचना तथा टहरा हटाउन नगरप्रमुख आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि खटिएको थियो ।

अतिक्रमित संरचना हटाउनुअघि पत्रकारलाई आफ्नो धारणा दिदैँ मेयर आचार्यले भने–‘स्थानीय तहले गरेका राम्रा योजनाहरुमा जुन जुन राजनीतिक दल, जुन जुन राजनीतिक दलका नेतृत्वले अबरोध गर्नुहुन्छ हामीले सबैको लिष्ट तयार पारि सार्वजनिक गर्छौं उनीहरुलाई संस्थागतरुपमा बहिस्कार गर्नेछौं ।’

‘यो काममा जजसले अबरोध पु¥याउने, प्रशासनमा दवाव दिने, हामीलाई दवाव दिने, जनतालाई दिग्भ्रमित पार्ने काम गरिएको छ ती सबैको पर्दाफास हुन्छ । किनभने आजका नागरिकहरु सचेतरुपमा अगाडी आइसकेकाछन् । स्थानीय सरकारलाई बाधा अवरोध पुर्‍याउने कुनै पनि काम कोहलपुरले स्विकार्ने छैन भन्ने हामीले देखाउनेछौं’ मेयर आचार्यले भने ।

कोहलपुरमा सुशासनको सुरुवात भएको बताउँदै मेयर आचार्यले भने –‘बैध अभियानमा एक्यबद्धता जनाउँदै साथ र सहयोग गर्न म नगरबासीसंग आग्रह गर्छु । कोहलपुरमा विधिको शासन सुरु भएकोछ, बेथितीका चाङहरु विस्तारै हट्दै जान्छन् । र, हामीले सुरुवात गरेको अभियानले हामीलाई मात्र नभएर समग्र कोहलपुरलाई फाईदा गर्छ, टेवा पु¥याउँछ ।’

Kids Festival 2022
kanti aarogya hospital

‘म कोहलपुरबासीलाई अनुरोध गर्न चाहन्छु हामीले गरेका रचनात्मक र राम्रा काममा सहयोगको अपेक्षा राख्दछौं । नकी केही सिमित ब्यक्तिहरुको प्रभावमा, मुठिभर शासन सत्ता लिएर माफियातन्त्र बनाउन प्रयास गरिएको छ । यसको हामीले विरोध गर्नै पर्छ त्यसको सुरुवात आजबाट भएकोछ’ मेयर आचार्यले बताए ।

मेयर आचार्यले अतिक्रमित संरचना हटाउने अभियान कोहलपुर खाजाघरबाट शुरु गरे । लगत्तै कोहलपुरको न्यूरोडमा रहेको ३÷४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भयो र हाललाई अतिक्रमित संरचना हटाउने कार्य स्थगित गरिएकोछ ।

अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । स्थानीयले हातमा चिरपट, भाटा, लाठी, ढुङ्गा लिएर उभिएका थिए । भने केहीले डोजरमाथि समेत ढुङ्गा र ईट्टा प्रहार गरेका थिए ।

विकल्प नदिएर अचानक डोजर लगाएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि केहीबेर स्थिती तनावपुर्ण बनेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले बताए । ‘स्थिती तनावपुर्ण भएपछि डोजर रोक लगाइएको थियो । नेपालगन्जबाट प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री पुगेपछि हाललाई अतिक्रमित संरचना हटाउने कार्य स्थगित गरिएको हो ।

पछिल्लो समय बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा अतिक्रमित संरचना हटाउने कार्यले ब्यापकता पाएकोछ । नगरका अतिक्रमित संरचना हटाउने नाममा ब्यापारी र सर्वसाधरणलाई मारमा पार्ने कार्य भएको भन्दै यसको सर्वत्र आलोचना समेत भइरहेकोछ ।

कोरोना महामारी जस्ता विभिन्न समस्याले ब्यापार व्यवसाय ठप्प भएका बेला नेपालगन्ज र कोहलपुरमा अतिक्रमित संरचना हटाउने कार्य बैध भएपनि न्यायोचित नभएको भन्दै आलोचना भइरहेको हो ।

चाडबाडको मुखमा सर्वस्व नै सिध्याउने गरि डोजर चलाउनु नगरप्रमुखको दूरगामी योजना नभएको कोहलपुर नगरपालिकाका स्थानीय बासिन्दा एवम ब्यवसायी किशोर शर्मा बताउँछन् ।

‘बल्ल बल्ल ब्यापार ब्यवसाय होला जस्तो छ, चाडबाड पनि नजिकिदैछ । यस्तोमा उठिबास लगाउने गरि डोजर चलाउनु न्यायोचित कार्य होइन ।’ शर्माले अगाडी थपे–‘डोजर चलाएपनि ठिक छ तर, तिहारपछि यो अभियान अगाडी सारे सबैलाई फाइदा हुनेथियो ।’