१५ औं राष्ट्रिय पुस्तकालय दिवस

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ : मन्त्री अथक


नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ : मन्त्री अथक

कोहलपुर १५ भदौ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएकाछन् ।

१५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् ।

पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको प्रति दुःख ब्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखे ।

‘पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक सञ्जालमा रमाउन थालेका छन’ मन्त्री अथकले भने, ‘आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।’
पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुभ्mन जरुरी रहेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकीर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणका लागि स्रोत ब्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले कोहलपुरमा पुस्तकालय स्थापनाका लागि विगतमा भएका प्रयासहरुको समेत प्रशंसा गरे ।

पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कबिता प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कृत गरिएको छ ।