अख्तियारद्वारा बाँके, बर्दिया र रोल्पाका कार्यालय प्रमुखहरुसंग छलफल


अख्तियारद्वारा बाँके, बर्दिया र रोल्पाका कार्यालय प्रमुखहरुसंग छलफल

नेपालगन्ज १५ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बाँके, बर्दिया र रोल्पाका कार्यालय प्रमुखहरुसँग छलफल गरेकोछ ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्बद्धनका लागि बाँके, बर्दिया र रोल्पाका कार्यालय प्रमुखहरुसंग छलफल गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

आयोगले बाँके, बर्दिया र रोल्पामा छुट्टछुट्टै छलफल गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख विजय पौडेलले सेतोखरीलाई जानकारी दिए ।

आयोग प्रमुख विजयले उक्त छलफलमा भ्रष्टाचार नगर्न, सुशसान कायम गर्न, संयमित भएर कार्यसम्पादन गर्न र सुशासन र भ्रष्टाचारका विषयमा तत्काल अख्तियारलाई खबर गर्ने बारेमा छलफल भएको थियो ।