डिप बोरिङ र राहत उपलब्ध गराउन सिडियोलाई ज्ञापनपत्र


डिप बोरिङ र राहत उपलब्ध गराउन सिडियोलाई ज्ञापनपत्र

नेपालगन्ज १५ भदौ : नरैनापुरका किसानलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएकोछ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकारसंग माग गर्ने निर्णय गरेपछि गाँउपालिकाले उक्त निर्णयलाई ज्ञापन पत्रसंगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशाकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।

‘गत वर्षको बेमौसमी वर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पीडा सेलाउन नपाउँदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भयो’ प्रमुख जिल्ला अधिकारी खत्रीलाई ज्ञापनपत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भने–‘गाउँपालिकामा सिचाईको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझो भएपछि पालिकालाई सुख्खा क्षेत्र घोषण गरिएको हो ।’

Kanti Aarogya Hospital Nepalgunj

नरैनापुरका कृषकलाई राहत दिन माग गर्दै गाँउपालिका अध्यक्ष शाहसंगै नेकपा माओबादी केन्द्रकी केन्द्रिय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमूना’ले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्रचार गरीदिन प्रमुख जिल्ला अधिकारीसंग आग्रह गरिन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आईतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताए । प्रमुख जिल्ला अधिकारी खत्रीले पानी नभएर आकाशको भरमा खेती गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले पहल थाल्ने जिकिर गरे ।