गिरीको योगदानबारे चर्चा


गिरीको योगदानबारे चर्चा

नेपालगन्ज १६ भदौ : नेपाली काँग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको योगदानबारे चर्चा गरिएको छ । गिरीको १३ औं दिनको पूण्यतिथीका अवसरमा बिहीबार नेपाली काँग्रेस बाँंकेले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनको ब्यक्तित्व र योगदानबारे चर्चा गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताले समाजवादी चिन्तक गिरी राजनीतिमा नयाँ पुस्ताका लागि प्रेरणादायी ब्यक्तित्व रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान जिल्ला सभापति किरण कोइराला, पूर्वसभापतिद्वय सनत रेग्मी, कृष्णमान श्रेष्ठ, बाँके क्षेत्र नम्बर–१ का सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, नेपाल तरुण दलका पूर्वमहामन्त्री हुर्मत न्यौपाने लगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला उपसभापति गोपाल अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए, भने कार्यक्रम सञ्चालन सचिव सुधान्सु कोइरालाले गरेका थिए ।