प्रदेश सभाका लागी क्षेत्र नम्बर–२ बाट काँग्रेसका यी उम्मेदवार सिफारिस


प्रदेश सभाका लागी क्षेत्र नम्बर–२ बाट काँग्रेसका यी उम्मेदवार सिफारिस

नेपालगन्ज १७ भदौ : प्रदेश सभाका लागि बाँकेको क्षेत्र नम्बर–२ ‘क’ र ‘ख’ बाट नेपाली काँग्रेसले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा–२ ‘क’ का सभापति ज्ञानेन्द्रकुमार चौधरीका अनुसार प्रत्यक्षतर्फ ७ जना र समानुपातिकमा १३ जनाको नाम सिफारिस गरिएको हो ।

प्रत्यक्षतर्फ पहिलो नम्बरमा रमेशकुमार गुप्ता, सुधांशु कोइराला, विजयकुमार यादव, सचिन्द्रकुमार चौधरी, मंगलप्रसाद बर्मा, खिमबहादुर बुढाथोकी र गोपालप्रसाद अधिकारीको नाम सिफारिस गरिएको हो ।

त्यस्तै समानुपातिकतर्फ हलिम खाँ, कुमार अधिकारी, हनिफ खाँ, पुरनसिंह ठकुरी, लक्ष्मण सिंह, रेणु सिंह ठाकुर, लालमाया क्षेत्री, रत्न राणा, प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी, मिना कुमारी बोहरा (सिद्धिकी), श्यामबहादुर थापा मगर र ईश्वरीप्रसाद ज्ञवाली सिफारिसमा परेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै बाँकेको प्रदेशसभा–२ ‘ख’ का लागि नेपाली काँग्रेसले प्रत्यक्षमा ७ जनाको नाम सिफारिस गरेको छ । भने समानुपातिकतर्फ २५ जना सिफारिसमा परेका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि सिफारिस गरिएको हो ।

प्रदेशसभा–२ ‘ख’ कार्यसमितिले लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालसहित महासमिति सदस्य निरञ्जनसिंह सिजापति, सुदीपनरसिंह राणा, उमा थापामगर, सुदीप भट्ट, गोकर्णबहादुर शाही र सञ्जीव कुमार थानीको नाम सिफारिस गरेको प्रदेशसभा–२ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमालले जानकारी दिए ।

मन्त्री हमाल प्रदेश सभा–२ ‘ख’ का वर्तमान सांसद हुन् । उनी २०७४ सालको निर्वाचनमा निर्वाचित भएका थिए । यस्तै नेता सिजापति पनि २०७४ सालको निर्वाचनमा प्रदेश सभा–२ ‘क’ मा उम्मेदवार बनेका थिए । तत्कालिन संघीय समाजवादी फोरमका विजयबहादुर यादवसँग उनी पराजित भएका थिए ।

यसैगरी समानुपातिकतर्फ प्रमोदबहादुर श्रेष्ठ, भारती जोशी, माया पुनमगर, सुरेश श्रेष्ठ, नारायणी रुपाखेती, सुलोचना शर्मा, सीतादेवी काफ्ले, ऋचा द्विवेदी, निजामुद्दिन अन्सारी, बदरुद्दिन अन्सारी, कपील पाठक, रामकुमार बैश्य, कुन्तलराज शर्माको नाम सिफारिस गरिएको सभापति हमालले बताए ।

त्यस्तै अमृतकुमार आचार्य, सुशीला बादी (नेपाली), फैयाज अलि अन्सारी, जलिल अहमद ढपाली, जंगबिर नेपाली, प्रदीप श्रेष्ठ, राजु थापा, रोशन श्रेष्ठ, अनिल श्रेष्ठ, देवेन्द्रपाल सिंह, अतुल हल्वाई र बालकृष्णा सुवेदीको नाम सिफारिस गरिएको सभापति हमालले जानकारी दिए ।

थप समाचार

बाँके प्रदेश सभा–१ ‘क’ मा काँग्रेसका एक दर्जन बढी सिफारिस