पत्रकार डाँगी ‘किरण प्रतिभा पत्रकारिता पुरस्कार–२०७९’ बाट पुरस्कृत


पत्रकार डाँगी ‘किरण प्रतिभा पत्रकारिता पुरस्कार–२०७९’ बाट पुरस्कृत

नेपालगन्ज १७ भदौ : यस वर्षको ‘किरण प्रतिभा पत्रकारिता पुरस्कार–२०७९’ नेपालगन्जका पत्रकार कमल डाँगीलाई प्रदान गरिएकोछ ।

डाँगीलाई असलशासन मिडिया प्रालिको वार्षिक उत्सवका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उक्त पुरस्कार प्रदान गरेको हो ।

नेपालगन्जबाट सञ्चालन रहेको अर्थ पेज अनलाईनका सम्पादक रहेका पत्रकार डाँगी नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव समेत हुन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, असल शासन मिडिया प्रालिका अध्यक्ष नमस्कार शाह, प्रबन्ध निर्देशक किरण कार्की, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्ष निरज गौतम र वरिष्ठ पत्रकार पुणर्लाल चुके लगायतले सम्मान गरी पुरस्कार प्रदान गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

पुरस्कारसंगै डाँगीले नगद ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार राशी समेत प्राप्त गरेकाछन् ।

नेपालगन्जमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार डाँगी पछिल्लो समय अर्थ विटमा कलम चलाउँछन् ।