राप्रपा र जसपाबाट राणा र राईको एकल नाम सिफारिस


राप्रपा र जसपाबाट राणा र राईको एकल नाम सिफारिस

नेपालगन्ज १७ भदौः आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा) बाँकेका तीन वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने तयारी जुटेको छ ।

राप्रपाले बाँकेका ६ वटा प्रदेश सभा र ३ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न लागेको केन्द्रिय सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

राप्रपा स्रोतका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधी सभा क्षेत्र नम्बर–१ बाट सहमहामन्त्री देवकोटा र पुर्वमन्त्री प्रेमबहादुर भण्डारीको नाम उम्मेदवारका रुपमा सिफारिस गर्न लागिएको छ । यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर–२ बाट राप्रपाका महामन्त्री डाक्टर धवलसम्शेर राणाको एकल नाम सिफारिस गर्न लागिएको सहमहामन्त्री देवकोटाले बताए ।

यसैगरी क्षेत्र नम्बर–३ बाट पुर्वमन्त्री फत्तेसिंह थारुको पनि एकल नाम सिफारिस गर्ने तयारी रहेको उनले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

‘प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम एक÷दुई दिनमै सिफारिस गर्ने हाम्रो तयारी छ,’ उनले भने । प्रदेश सभा निर्वाचन क्षेत्रका लागि पनि राप्रपाका थुप्रै ब्यक्तिले आकांक्षा राखेको देवकोटाले बताए ।

यस्तै, आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा)ले बाँके क्षेत्र नम्बर– २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ ।
२०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित भएका थिए ।

यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर–१ बाट प्रमोद यादव तथा क्षेत्र नम्बर–३ बाट मनोजकुमार दिक्षित र प्रमोद यादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ ।

यसैगरी प्रदेश सभा–१ ‘क’ बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा–१ ‘ख’ बाट लालबहादुर शाहको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेश सभा–२ ‘क’ बाट श्रवणकुमार यादव र भण्डारीलाल यादव, प्रदेश सभा–२ ‘’ख’ बाट राजन रानामगर, माजिर अलि शेख, दुर्गेश गुप्ता र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले जानकारी दिए ।

त्यसैगरी प्रदेश सभा–३ ‘क’ बाट उदयराज यादव, बलराम यादव तथा प्रदेश सभा–३ ‘ख’ बाट विजय पाठक, राजेश बर्मा र प्रविण बर्माको नाम सिफारिस गरिएको जसपा क्षेत्र नम्बर– ३ का अध्यक्ष राजिव कुर्मीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम (अहिलेको जसपा) ले प्रतिनिधी सभा क्षेत्र नम्बर–२ र प्रदेश सभा–२ ‘क’ मा जितेको थियो ।