नक्शापास नगरी संरचना नबनाउन निर्देशन


नक्शापास नगरी संरचना नबनाउन निर्देशन

नेपालगन्ज २४ भदौ : बाँकेको कोहलपुर नगरपालिकाले नक्सापास नगरी कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ ।

नगरपालिकाले १२ बुँदे निर्देशन जारी गर्दै निजी तथा सार्वजनिक जग्गामा नक्सा पासविना कुनै संरचना नबनाउन १५ दिने सूचना जारी गरेको हो ।

सार्वजनिक स्थान, फुटपाथ लगायतका क्षेत्रमा ठेलागाडा राखेर व्यापार नगर्न, निषेधित क्षेत्रमा पार्किङ नगर्न नगरपालिकाले जारी उक्त सूचनामा उल्लेखछ ।

घरबाट निस्कने फोहोर वर्गीकरण गरेर मात्रै नगरपालिकाले तोकेको गाडीमा फाल्न पनि नगरपालिकाले भनेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर बुझाउन पनि नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ । यस्तै मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड र विज्ञापन पनि आफैंले हटाउनुपर्ने सूचनामा उल्लेख छ ।