नेपालगन्ज २४ भदौ : बाँकेको कोहलपुर नगरपालिकाले नक्सापास नगरी कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ ।
नगरपालिकाले १२ बुँदे निर्देशन जारी गर्दै निजी तथा सार्वजनिक जग्गामा नक्सा पासविना कुनै संरचना नबनाउन १५ दिने सूचना जारी गरेको हो ।
सार्वजनिक स्थान, फुटपाथ लगायतका क्षेत्रमा ठेलागाडा राखेर व्यापार नगर्न, निषेधित क्षेत्रमा पार्किङ नगर्न नगरपालिकाले जारी उक्त सूचनामा उल्लेखछ ।
घरबाट निस्कने फोहोर वर्गीकरण गरेर मात्रै नगरपालिकाले तोकेको गाडीमा फाल्न पनि नगरपालिकाले भनेको छ ।
व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर बुझाउन पनि नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ । यस्तै मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड र विज्ञापन पनि आफैंले हटाउनुपर्ने सूचनामा उल्लेख छ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर