नेपालगन्ज २६ भदौ : बोर्डरमा कार्यरत सरोकारवालाहरुलाई मानव बेचबिखन विरुद्ध दुई दिने तालिम प्रदान गरिएकोछ ।
प्लान नेपालको सहयोग तथा साथी संस्थाको आयोजनामा आयोजित उक्त तालिममा मानव बेचविखन विरुद्ध कार्यरत २० जना बाँके जिल्लाका सम्बध सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रोटेक्ट परियोजना अन्र्तगत आयोजित उक्त तालिममा सहभागिहरुलाई मानवअधिकारसंगै मानव बेचबिखन, मानव दालालले खेल्ने भूमिका, नीति तथा कानून, सजाए, उद्दार र केस म्यानेजमेन्ट सम्बन्धि तालिम प्रदान गरिएको थियो ।
विशेषगरि सीमावर्ती विभिन्न नाकामा खटिने प्रहरी युनिट, ईलाका, वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट सहभागिहरुलाई उक्त तालिम प्रदान गरिएको साथी संस्थाकी प्रोग्राम सुपरभाइजर लक्ष्मी घलेले जानकारी दिइन् ।
साथी संस्थाकी सदस्य सरस्वती शर्माको अध्यक्षतामा भएको उक्त तालिममा अधिवक्ता दुर्गा कुमारी खड्काले प्रशिक्षण दिएकी थिइन् । साथीले मानव बेचविखनविरुद्ध लामो समयदेखि काम गर्दै आएकोछ । साथीले सीमामा सूचना बुथ सञ्चालन गरि विभिन्न प्रलोभनमा परि जोखिमयुक्त यात्रामा रहने बालबालिका, महिलाको उद्दार तथा पुर्नस्थापना गर्दैआएकोछ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर