नेपालगन्ज २६ भदौ : नेकपा माओबादी केन्द्र बाँके– काठमाण्डौं सम्पर्क समन्वय समितिको अध्यक्षमा बाँकेका युवा व्यवसायी दीपेन्द्र विष्ट चयन भएकाछन् ।
काठमाण्डौंमा सम्पन्न सम्पर्क समन्वय समितिको तेस्रो भेलाले बाँकेका युवा व्यवसायी दीपेन्द्र विष्टको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।
भेलाले अध्यक्ष दीपेन्द्र विष्ट, वरीष्ठ उपाध्यक्ष शिव प्रसाद गौतम, उपाध्यक्षहरु पूर्ण केसी, भूपराज खनाल, सचिव असर्फिलाल थारु, सहसचिव अमृत प्रसाद सिग्देल र कोषाध्यक्ष लिला गिरी सहितको ३५ सदस्यीय समिति गठन गरेको हो । साथै समन्वयले बाँके काठमाण्डौं सम्पर्क समन्वय समितिको ईन्चार्र्जको जिम्मेवारी प्रदेश सदस्य दीलिप सोनीलाई दिएकोछ ।
उक्त समितिको सल्लाहकार संयोजक शालिकराम सापकोटा, सदस्यहरु कालिमान खत्री, नारायण बराल, गंगा सिग्देल, विपना योगी, ऋषीराम पोख्रेल र तेजप्रसाद रेग्मी रहेकाछन् ।
काठमाण्डौंमा सम्पन्न उक्त भेलामा माओबादी केन्द्रका स्थायी समिति सदस्य एवम युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को प्रमुख आतिथ्यता रहेको थियो । भने विशिष्ट अतिथि सम्पर्क समन्वय प्रदेशका अध्यक्ष श्रीकृष्ण अधिकारी ‘विवेक’ रहेका थिए ।
भेलालाई सम्बोधन गर्दै मन्त्री अथकले नेपालमा परिर्वतनको आन्दोलनको नेतृत्व माओबादी केन्द्रले गरेको बताए । उनले माओबादी केन्द्रलाई आगामी निर्वाचनमा देशको निर्णयक शक्तिको रुपमा स्थापित गर्न काठमाण्डौंमा पेसा व्यवसायमा संलग्न जनशक्तिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
परिर्वतनको आन्दोलनमा बलिदानीको कोटा चुक्ता गरेर आएको माओबादी देशलाई सही नेतृत्व दिन सक्षम रहेको उनको भनाई थियो ।
देशलाई सहि दिशामा लैजान माओबादी केन्द्र अहिलेको चुनावमा माओबादी केन्द्रले विजय हासिल गर्नुपर्ने भन्दै उनले काठमाण्डौमा रहेर देश बुझेको जनशक्तिले जिल्लामा रहेको पार्टी र जनतालाई बुझाउन लाग्नु पर्ने बताए ।
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी