नेपालगन्ज २७ भदौ : नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भइआएका शिवप्रसाद रिजाल सोमबार कार्यालयमा हाजिर भएकाछन् ।
रिजाललाई नगरप्रमुख प्रसान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरे ।
प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको डेढ महीनापछि रिजाल सरुवा भइ आएका हुन् ।
रिजालले करिब १५ वर्ष स्थानीय तह र स्थानीय निकायमा लेखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय विकास अधिकारी, जिल्ला समन्वय अधिकारीको रूपमा काम गरेको अनुभव छ ।
पछिल्लो पटक उनी कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिए । उनको स्थायी घर पर्बत हो ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर