नेपालगन्ज २७ भदौ : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रको निर्माणका लागि नेकपा एमालेले जित्न जरुरी रहेको बताएका छन् ।
उनले विकासको नेतृत्व नेकपा एमाले गर्ने भएकाले चुनावीको उद्देश्य देश विकास नै भएकाले जनतालाई उद्देश्य बुझाउनु पर्नेमा जोड दिए ।
उनले नेकपा एमाले बोकेको नीति र उद्देश्य जनतालाई बुझाउँदै ८ लाख पार्टी सदस्यले काम गर्ने हो भने नेकपा एमाले एक्लैले गठबन्धनलाई पराजित गरी बहुमत ल्याउने बताए ।
देश बनाउनका लागि जनमत प्राप्त गर्न जरुरी रहेको उल्लेख गर्दै महासचिव पोख्रेलले नेकपा एमालेको सरकार आएको खण्डमा विकासको आयम ल्याउने उल्लेख गरे ।
नेकपा एमाले बाँकेले आज नेपालगन्जमा आयोजना गरेको निर्वाचन अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले मंसिर ४ गतेको निर्वाचन व्यक्तिको जित हारको निर्वाचन मात्र नभई राष्ट्रको भाग्य र भविष्यसंग जोडिएको निर्वाचनका रुपमा विशलेषण गर्न जरुरी रहेको बताए ।
सो अवसरमा महासचिव पोख्रेलले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश नेता कार्यकर्तालाई स्वागतसमेत गरेका थिए ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर