नेपालगन्ज २७ भदौः प्रेस स्वतन्त्रता सेनानी (वरिष्ठ पत्रकार) स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’ को सादगी जीवन शैली, त्याग र निष्ठा पत्रकारका नयाँ पुस्ताका लागि अनुकरणीय रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
स्वर्गीय गुप्ताको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा पन्नालाल गुप्ता प्रतिष्ठान नेपालगन्जले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले सो कुरामा जोड दिएका हुन् ।
अधिकांस बक्ताले स्वर्गीय पत्रकार गुप्ताको जीवन शैली, विचार र आर्दशलाई पछ्याउन सकेमा उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । उक्त कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मी, नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टरका जिल्ला अध्यक्ष डक्टरप्रसाद धिताल, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, प्रजातान्त्रिक विचार समाज बाँकेका अध्यक्ष डाक्टर राजकुमार सुवेदी लगायतले स्वर्गीय गुप्ताले नेपाली पत्रकारिता, लोकतन्त्र र समाज सेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष एवम् नेपालगन्जका पुर्वमेयर विजय गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले गरेका थिए ।
कार्यक्रममा नागरिक समाजका अगुवा, कानून ब्यवसायी, सञ्चारकर्मी, प्रतिष्ठानका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । स्वर्गीय गुप्ताको ९४ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले यसअघि बाँकेका पत्रकारका लागि निःशुल्क मृगौला परीक्षण, मानव सेवा आश्रममा रहेका असहायलाई खाना खुवाउने कार्यक्रम गरेको थियो ।
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी