नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतमा खराल


नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतमा खराल

नेपालगन्ज २८ भदौ : नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मणीराम खरालले सम्हालेका छन् । उनले मंगलबारदेखि औपचारिक रुपमा पद सम्हालेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो ।

यसअघि नरैनापुर गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्दै आएका भरत बस्नेतले सोही गाउँपालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हालेका छन् । पद बहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताए ।

‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र गाउँसभाको अभिभावकत्व रहन्छ, म प्रशासनको अभिभावकत्व गर्छु, कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मुल्यांकन गर्छु,’ उनले भने । कोरोना महामारीका बेला उनले गाउँपालिकामा ७ महिना प्रमुख प्रशासकीय अधिकृत भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

खरेलले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै फेरी पनि सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले स्वागत गरे । उनले नरैनापुरको समग्र विकासका लागि काम गर्न निर्देशनात्मक सुझाव दिए ।

सो क्रममा लेखा अधिकृत बस्नेत, वडा नम्बर–२ का वडा अध्यक्ष मसूद अहमद शाह, जिन्सी शाखा प्रमुख एवं वडा नम्बर–५ का सचिव भरत महतो, विपद शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, लेखापाल प्रकाश अधिकारी तथा अन्य कर्मचारीले खराललाई स्वागत गरेका थिए ।