तस्विर सौजन्य : सुनिल केसी
नेपालगन्ज २८ भदौ : अदालतको आदेशपछि नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माणमा रोक लगाएको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर पूर्वको सार्वजनिक जग्गामा अनाधिकृत निर्माण सुरु भएको पाइएकोछ ।
निर्माण रोक्न विकासका लागि नागरिक समाज सरोकार समितिले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै हस्तक्षेप गर्न अनुरोध गरेको छ ।
समितिका तर्फबाट मंगलबार पत्रकार सम्मेलन गरी समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, नगर विकास समितिका पूर्व अध्यक्ष ललित रौनियार, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, अधिवक्ता विश्वजित तिवारी लगायतले अनाधिकृत निर्माण रोक्न र अदालतको आदेश अनुसार बाल उद्यान सुनिश्चित गर्न जोड दिए ।
यसअघि गत साउन अन्तिम साता उक्त स्थानमा चिल्ड्रेन पार्क निर्माण गर्ने भन्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका थिए ।
करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो बाल पार्कको मेयर विष्टले शिलान्यास गर्दै आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीलाई निर्माणको जिम्मा दिइएको थियो ।
करिब ५.५ कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेण्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभुत काम गर्नेगरि डिपिआर अनुसार आधुनिक संरचना सहितको बाल पार्क र दुई तल्ले रेष्टुरेण्ट निर्माण गर्न लाग्दा धार्मिक आस्थाको धरोहरमाथि प्रहार भएको भन्दै चौतर्फी विरोध र आलोचना भएको थियो ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर