कण्ठिपुरको नवनिर्मित भवन उद्घाटन


कण्ठिपुरको नवनिर्मित भवन उद्घाटन

नेपालगन्ज २८ भदौ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेका बिद्यालयमा आफुले टिनको छाना बिस्थापित गर्ने अभियान सञ्चालन गरेको बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १९ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय कण्ठिपुरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की छानामा ल्याइएको दाबी गरे । जिल्लाका विभिन्न ठाउँमा अझै काम गर्न आवश्यक रहेको बताए । समग्र विकासमा सडक पुर्वाधार, यातायात, खानेपानी लगायत चासोका साथ अगाडी बढाउने उनको भनाई छ । ‘खेलकुद भनेको राष्ट्रको लागि गहना हो, बिद्यालयलाई शिक्षा क्षेत्रमा नमुनाको रुपमा चिनाउन सक्नु पर्छ, स्वास्थ्य र शिक्षामा पार्टी हेरिदैन,’ उनले भने ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्मित उक्त बिद्यालयको चार कोठे पक्की भवनको मन्त्री गहतराजले उद्घाटन गरेका थिए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक शंकर चन्दले कार्य प्रगति प्रस्तुत गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

सो कार्यक्रममा विशिष्ट अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष प्रशुराम बर्मा, बिद्यालय संस्थापक अध्यक्ष बलबहादुर ओली, वडा सदस्य रामसुहावन कुर्मी, अमृता सिंह, सुनिता कोरी , बिद्यालय व्यवस्थापन समितिका सदस्य हिरालाल बिक, अफसर जहाँ साई, सृजना बस्नेत, रुपा पुन लगायतको उपस्थिती रहेको थियो ।