नेपालगन्ज २९ भदौ : राष्ट्रिय बाल दिवसका अवसरमा नेपालगन्जका सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकोछ ।
शक्ति समूहले विद्यालय छाडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, मुजा, झोलासहितको उक्त शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीव, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शक्ति समूह, लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिइन् ।
नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखाका प्रमुख शोभा शाह, शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहीलगायतले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।
हनुमान आधारभूत विद्यालय, जमुनाहा, आदर्श मावि, राँझा, कन्या मावि, सल्यानीबंगला, महेन्द्र मावि, भवानीयापुर र जगतज्योती मावि, बसुदेवपुरका विद्यार्थीलाई सहयोग गरिएको छ ।
‘नाकाबाट उद्धार तथा संरक्षण पाथ परियोजना अन्र्तगत’ यी विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई उक्त शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
शक्ति समूह, लुम्बिनी प्रदेश संयोजक निर्मलाका अनुसार यी ५ वटा विद्यालयलाई दशैं अघि शक्ति समूहले दुई÷दुई थान कम्प्युटर दिने तयारी गरिएकोछ ।