राष्ट्रपतीद्वारा प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य


राष्ट्रपतीद्वारा प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

नेपालगन्ज १ असोज : प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।

योसँगै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रिय सभाको बैठकबाट असोज २ गते आईतबार बिहान बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य भएको छ ।