नेपालगन्ज २ असोज : निर्वाचन आयोगले दलहरुलाई पत्र पठाउँदै प्रत्यक्षतर्फका उम्मेदवारमा एक तिहाइ महिला सुनिश्चित गर्न भनेको छ । आयोगले शनिबार पत्र पठाएर आयोगको निर्णय अवगत गराएको हो ।
‘मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म बमोजिम कम्तिमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका सबै राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, आयोगको निर्णयमा भनिएको छ ।
निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन असोज २३ गते हुँदैछ । नेपालको संघीय संसद्मा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ । तर, महिला प्रतिनिधित्वको सुनिश्चिता समानुपातिकतर्फबाट मात्रै हुँदै आएको भन्दै सरोकारवालाहरुले प्रत्यक्षतर्फ नै महिना प्रतिनिधित्व बढाउनुपर्ने माग गर्दै आएका थिए ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर