७०२ जनाको कैद सजाय माफ


७०२ जनाको कैद सजाय माफ

नेपालगन्ज २ असोज : संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले कैद माफी गरेकी छिन् ।

राष्ट्रपति कार्यालयको आईतबार जारी विज्ञप्ति अनुसार, तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ (दुई सय तीन) जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ (चार सय अठहत्तर) गरी कुल जम्मा ६८१ (छ सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै, महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय माफी भएको छ ।