शर्मा ‘सद्भाव’को उपसम्पादकमा नियुक्त


शर्मा ‘सद्भाव’को उपसम्पादकमा नियुक्त

नेपालगन्ज २ असोजः सद्भाव ग्रुप प्रालिद्वारा सञ्चालित सेतोखरी डटकम र सद्भाव राष्ट्रिय दैनिकको उपसम्पादकमा दीपक शर्मा नियुक्त भएकाछन् ।

डेढ दशकभन्दा बढि समयदेखी पत्रकारितमा संलग्न शर्मालाई आईतबार सेतोखरी डटकमका सञ्चालक एवम सम्पादक दामोदर भण्डारी, सहसम्पादक विजय मल्ल र प्रबन्ध निर्देशक रवि कनोजियाले स्वागत गरे ।

शर्मालाई स्वागत गर्दै सद्भाव ग्रुप प्रालिका सञ्चालक एवम सम्पादक भण्डारीले शर्मालाई दिइएको जिम्मेवारीले अनलाइन र पत्रिकालाई अझ बढी प्रतिस्पर्धी र व्यवस्थित हुने अपेक्षा गरेको बताए ।

‘पेशगत मूल्यमान्यतामा अडिग रही जनतालाई सूसुचित गर्ने कार्यमा ‘सद्भाव’ सधैं तत्पर रहन्छ’ भण्डारीले स्वागत गर्दै भने–‘गुणस्तरीय, तथ्यपरक र पारदर्शी समाचार सम्प्रेषणमा हामी कसैसंग सम्झौता गर्दैनौ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

पत्रकारित क्षेत्रमा लामो अनुभव बटुलेका शर्मा सद्भाव ग्रुपसँग जोडिएकोमा सहसम्पादक मल्लले बधाई दिए ।

सहसम्पादक मल्लले स्वागत गर्दै भने–‘सेतोखरी डटकम तथा सद्भाव दैनिकलाई समयसापेक्ष सुधार गर्दै थप उचाइमा पु¥याउने योजना अनुरुप शर्माको आबद्धताले ब्यावसायिक पत्रकारितालाई अघि बढाउन अझ ठूलो मद्धत पुग्नेछ ।’

नवनियुक्त उपसम्पादक शर्माले आफूलाई विश्वास गरि उपसम्पादकको जिम्मेवारी दिएकोमा धन्यबाद दिए ।

सेतोखरी डटकम र सद्भाव दैनिकको आफ्नै विरासत, शैली र प्रभाव रहेकाले त्यसलाई थप समृद्ध बनाउन भूमिका खेल्ने शर्माले प्रतिबद्धता जनाए ।

शर्मासंग छापासंगै रेडियो र टेलिभिजनको कार्यानुभव छ । सल्यान घर भएका शर्मा पछिल्लो समय बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–७, मनकामना टोलमा बस्दै आएकाछन् । शर्मालाई सद्भाव ग्रुप प्रालिद्वारा सञ्चालित सेतोखरी डटकम र सद्भाव राष्ट्रिय दैनिकका लागि नियुक्त गरिएको प्रबन्ध निर्देशक रवि कनोजियाले बताए ।