नेपालगन्ज ३ असोज : मानव अधिकार सञ्जाल नेपालगन्जले राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज प्रमुख झंकर बहादुर रावल र वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गरेका सुनील कुमार श्रेष्ठलाई सम्मान गरेको छ ।
सामाजिक अभियन्ताको हैसियतले मानव अधिकारको संरक्षण तथा सम्बद्र्धनमा निर्वाह गर्नु भएको भुमिकालाई स्मरण गर्दै, सम्मानित सर्वाेच्च अदालतबाट सम्मानित भइ वरिष्ठ अधिवक्ता जस्तो गरिमामय पदको उपाधि प्राप्त गरेकोमा सम्मान स्वरूप मानवअधिकार सञ्जालले अधिकारकर्मी समेत रहेका सुनील कुमार श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेको अधिकाकर्मी बसन्त गौतमले जानकारी दिए ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज शाखाको प्रमुखको हैसियतले मानव अधिकारको संरक्षण तथा सम्बद्र्धनमा निर्वाह गरेको भुमिकाको उच्च कदर गर्दै मानव अधिकार सञ्जाल नेपालगन्जले झंकर बहादुर रावललाई सम्मानपत्र प्रदान गरेको इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।
एक वर्षअघि आयोगको नेपालगन्ज कार्यालय प्रमुखको रुपमा आएका झंकर रावलले थाती रहेका द्वन्द्वकालिन मुद्दाको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । आफु नेपालगन्ज कार्यालय आउनु अघि एक हजार ७० द्वन्द्वकालिन मुद्दा भएकोमा घटाएर ४१२ मा पु¥याएको रावलले बताए ।
नेपालगन्जका अधिकारकर्मी र कानून ब्यवसायीहरु पीडित ओरिएन्टेड भएर काम गरेको भन्दै उनीहरुको कामको प्रसंसा गरेका छन् । आफ्नो सम्मानमा आयोजित कार्यक्रममा बोल्दै रावलले अन्य क्षेत्रमा भन्दा नेपालगन्जका कानून ब्यवसायीहरुले मानवअधिकार र सार्वजनिक सरोकारका बिषयमा सक्रियताका साथ काम गरेको आफुले पाएको बताए ।
बिराटनगर, खोटाङ्ग, जुम्ला र धनगढी समेतका स्थानमा काम गरि आयोगको बाँके कार्यालयमा आएका रावलको काठमाण्डौ सरुवा भएको छ ।
यसैक्रममा आयोगको नेपालगन्जका कार्यालय खुम्चाउने र कार्यालय अन्यत्र सार्ने तयारी भईरहेको भन्दै बाँकेका अधिकारकर्मीले त्यसप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउदै बढी मानवअधिकार उल्लङ्घनका घटना हुने यस नेपालगन्जका आयोगको आकार सिमित गर्न नहुने अधिकारकर्मीहरुको भनाई छ ।
ठकुरीलाई सञ्जालको बधाई
सोहीक्रममा बाँकेका अधिकारकर्मी समाजसेवा रत्नबाट सम्मानित भएकोमा मानवअधिकार सञ्जालले बधाई ज्ञापन गरेको छ । संविधान दिवसको सन्दर्भमा नेपाल सरकारबाट समाजसेवा रत्नबाट गैसस महासंघ बाँके शाखाका पुर्व अध्यक्ष समेत रहेका अधिकारकर्मी प्रभात सिंह ठकुरीले सम्मान पाउनु समग्र बाँकेका अधिकारकर्मीको सम्मान भएको भन्दै बधाई तथा शुभकामना ब्यक्त गरिएको हो ।