डुडुवा (बाँके) ४ असोज : डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्णप्रसाद पौडेल सम्हालेकाछन् ।
लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आज(मङ्गलबार)देखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका हुन् ।
गाउँपालिकामा आयोजित एक कार्यक्रमकाविच गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, लेखा प्रमुख रामबहादुर केसी लगायत कर्मचारीले उनलाई स्वागत गरेका थिए ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायको अन्यत्र सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा पौडेल आएका हुन् ।
कार्यालयको जिम्मेवारी सम्हाल्दै पौडेलले कानूनले दिएको अधिकारभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने बताए ।
पौडेल यसभन्दा अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकीय अधिकृत र बाणिज्य कार्यालयका प्रमुखको जिम्मेवारीमा रहेका थिए ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर