आम निर्वाचन-२०७९

बर्दिया छाडेर बाँके आउने टुङ्गो लागेको छैन : राठौर

सिटको बाँडफाँटमा अन्तिम चरणमा


बर्दिया छाडेर बाँके आउने टुङ्गो लागेको छैन : राठौर

नेपालगन्ज ५ असोजः नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले बर्दिया छाडेर बाँके आउने टुङ्गो नलागेको बताएकाछन् ।

नेपालगन्ज विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै राठौरले सिट बाँडफाँड टुङ्गो नलाग्दा आफू बाँके आउने टुङ्गो नलागेको बताएका हुन् ।

‘बर्दिया क्षेत्र नम्बर–२ मा माओवादीले नछाडे म बाँकेको क्षेत्र नम्बर–३ बाट चुनाव लड्छु’ राठौरले भने –‘गठबन्धन दलबीच सिटको बाँडफाँट अन्तिम चरणमा पुगेकोछ । बर्दिया क्षेत्र नम्बर–२ मा माओबादीले नछाडे म बाँकेको क्षेत्र नम्बर–३ बाट चुनाव लड्छु । यद्यपी यसको अझैं टुङ्गो लागेको छैन ।’

उनले भने ‘मैले बर्दिया क्षेत्र नम्बर–२ छाड्नुपर्यो भने बाँके क्षेत्र नम्बर–३ मा आउने सोँच बनाइरहेको परिस्थिती हो, तर अहिलेसम्म टुंगो गरेको परिस्थिती होइन ।’

Kanti Aarogya Hospital Nepalgunj

‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,’ राठौरले अगाडी थपे–‘मैले २० वर्षदेखी बर्दिया क्षेत्र नम्बर–२ बाट राजनीति गरिरहेको अवस्था हो, मेरो ६० वर्षदेखी नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो ।’

यस्तै अर्को प्रसंगमा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंम्बैधानिक कदम भएको बताए ।

‘राष्ट्रपतिको यो असंम्बैधानिक कदम हो, यसमा चाही नेपाली कांग्रेसको सहमती छैन,’ उनले भने । राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भएपनि दोस्रो पटक पनि फिर्ता गर्नु असंम्बैधानिक भएको नेता राठौरले जिकिर गरे ।

नागरिकता नपाएर लाखौं जनताले दुःख पाइरहेको अवस्थामा, छिटो भन्दा छिटो नागरिकता दिनुपर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएको उनले बताए । ‘हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्टपतिले फिर्ता गर्नु संविधान सम्वत छैन,’ राठौरले भने ।