नरैनापुरमा विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गरिदैं


नरैनापुरमा विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गरिदैं

बाँके (नरैनापुर) ६ असोज : नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।

गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले यस्तो जानकारी दिएका हुन् ।

पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्यांक र सूचना लिन सहज हुने भएकोले उक्त पोर्टल सञ्चालनका लागि गाँउपालिकाले भूमिका खेल्ने उनले बताए ।

कार्यशालालाई सहजिकरण गर्दै आई.एच.आर.आर. का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचीत निर्णय लिन र नीति बनाउन समेत मद्दत पुर्याउने बताए । उनले पोर्टल सञ्चालनका लागि आफूहरुले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यशालामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम जस्तैः भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रर्दशित हुने बताए । उनले गाँउपालिकासँग सहकार्य गरेर वडा स्तरीयबाट तथ्याक संकलन गरी २ महिना भित्रै पोर्टल संचालनमा ल्याउने तयारी गरेको जानकारी गराएका थिए ।

पोर्टल सञ्चालनमा ल्याउनका लागि एसडिएफलाई प्राविधिक सहयोग गर्दै आएको नक्साका सुमिता मान्नधर र रोजिना ढकालले प्रकोप सम्बन्धी कागजात, स्थानीय, वार्ड र समुदायस्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यको सम्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजना सम्बन्धी डाटा र जानकारी एकीकृत गर्न पोर्टल सञ्चालनमा ल्याउन एक दम रहेको बताउँदै उक्त पार्टल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने जिकिर गरेका थिए ।

कार्यक्रममा नरैनापुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले विपद पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद कार्य गरिरहेका संघ, संस्थाबाट तयार गरिएका सूचना तथा तथ्यांकले गाउँपालिकाको रणनीति योजना बनाउन सहज हुने बताए । उनले पोर्टल सञ्चालनमा आइसकेपछि सूचना र तथ्यांकलाई थप अद्यावधिक गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यशालामा उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, प्रमुख प्रशासकिय अधिकृत खराल,वडा नम्बर १ का वडाअध्यक्ष इसाक जोलाह, वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर ३ का वडाअध्यक्ष अजय मिश्र, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेम मौर्य, विपद शाखाका प्रमुख लक्ष्मीकान्त शर्मा, सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौले, आईएचआरआरका टिम लिडर सुरज गौतम, नक्साका सुमिता मान्नधर, रोजिना ढकाल, एसडिएफका सञ्चालक समितिका सदस्य रक्षा शर्मा र कार्यक्रम संयोजक तारा भुषाल लगायतको सहभागिता रहेको थियो ।