नेपालगन्जमा ७ शो पाएको ‘प्रेमगीत–३’ हेर्न दर्शकको घुँइचो


नेपालगन्जमा ७ शो पाएको ‘प्रेमगीत–३’ हेर्न दर्शकको घुँइचो

नेपालगन्ज ७ असोजः नेपालसहित विश्वभर एकसाथ प्रर्दनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत–३’ लाई नेपालगन्जमा दर्शकको राम्रो साथ मिलेको छ । जिल्लाकै एकमात्र नेपालगन्ज स्थित क्युएफएक्स बागेश्वरी सिनेमाजमा शुक्रबार ‘प्रेमगीत–३’ को ७ शो देखाइएकोछ ।

बहुप्रतिक्षित नेपाली चलचित्र प्रमेगीत–३ हेर्नका लागि ठूलो संख्यामा दर्शक खचाखच भरिएका थिए । हलसम्म आएका दर्शकहरुले टिकट नपाएपछि निराश हुँदै फर्केका थिए । ७ शोमा ५ शोहरु त हाउसफुलनै भए । चलचित्र हेरिसकेपछि अधिकांश दर्शकले एक पटक हेर्नै पर्ने चलचित्र भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।

अधिकांश दर्शकले चलचित्रका नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको अभिनयको मुख्तकण्ठले तारिफ गरेका थिए । चलचित्रको छायांकन, लोकेशन अनि कथा गजब भएको दर्शकको भनाइ थियो । निर्माता तथा निर्देशक सन्तोष सेनको कामलाई पनि दर्शकले रुचाएका छन् ।

रिलिजको दोस्रो दिन शनिबार दर्शकको संख्या अत्याधिक रहन सक्ने आँकलन गरिएको हलका प्रबन्धक सञ्जीव शाक्यले बताए । शनिबार नेपालगन्जमा ९ शो दिदैछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाल–भारत सीमा नजिक रहेको क्युएफएक्स बागेश्वरी सिनेमाज चलचित्र हेर्नका लागि भारतको रुपैडिहा र बाबागञ्ज लगायतका ठाउँका दर्शकका लागि पायक पर्ने भएको हुँदा यहाँ अन्यदिन भन्दा विदाको समयमा बाक्लो दर्शकको उपस्थिती हुने गरेकोछ ।