पानी उद्योग संघको नेतृत्वमा श्रेष्ठ


पानी उद्योग संघको नेतृत्वमा श्रेष्ठ

नेपालगन्ज ८ असोजः पानी उद्योग संघ बाँके नेपालगन्जको नयाँ नेतृत्व निर्वाचित भएको छ ।

संघको पाँचौं जिल्ला अधिवेशन तथा ८ औं साधारण सभाले नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको हो । शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभाले विनय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

समितिको वरिष्ठ उपाध्यक्षमा बेदप्रसाद गुप्ता, उपाध्यक्ष रिजवान अन्सारी, महासचिव विकास खड्का, सचिव उदितबाबु रेग्मी र कोषाध्यक्षमा शरद प्रसाद रिजाल निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा भरत सिलवाल, दिपक केसी, साकिर हुनेन खान, तिलकराम साहु र रविचन घर्ती निर्वाचित भएका छन् ।