शुसील कोइरालाकी भाइबुहारीसहित बाँकेबाट तीन जना समानुपातिक सूचीमा


शुसील कोइरालाकी भाइबुहारीसहित बाँकेबाट तीन जना समानुपातिक सूचीमा

नेपालगन्ज ९ असोज :नेपाली काँग्रेसले प्रतिनिधि सभाका लागि समानुपातिकतर्फको बन्द सूचीमा बाँकेका तीन जनालाई समेटेकोछ ।

नेपाली काँग्रेसका पूर्व सभापति एवम पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाकी भाई बुहारी किरण कोइरालासहित बाँकेका तीन जनाको नाम बन्द सूचीमा समेटिएको हो ।

काँग्रेस बाँकेका निवर्तमान सभापति समेत रहेकी नेतृ किरण, संविधानसभा सदस्य आशा बिक र काँग्रेस महासमिति सदस्य डाक्टर सुरेशकुमार कनोडियाको नाम बन्दसूचीमा राखिएको हो ।

नेपाली काँग्रेसले संघतर्फ पेश गरेको बन्दसूचीमा बाँकेका यी तीन जना परेका हुन् । पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा चुनाव लडेकी कोइराला खसआर्य महिलातर्फ परेकी छिन् भने विक दलित महिला र कनोडिया मधेशी पुरुषतर्फ बन्दसूचीमा परेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

काँग्रेस क्षेत्रीय कार्यसमितिले उनको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ बाट सिफारिस गरेको थियो । तर, पार्टीले उनलाई समानुपातिकको सूचीमा राखेको छ ।

२०७४ मा नेपालगन्जको मेयर पदका उम्मेदवार कनोडिया समानुपातिकमै सिफारिस भएका थिए भने २०६४ सालमा पहिलो संविधानसभा सदस्य रहेकी विकको नाम क्षेत्र नम्बर–३ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो ।
कोइराला बरिष्ठ नेता डाक्टर शेखर कोइराला पक्षकी हुन् भने विक र कनोडिया संस्थापन पक्ष अर्थात नेपाली काँग्रेस सभापति शेरबहादुर देउबा पक्षका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् । मुख्य दलहरु ३ गते अबेर मात्रै निर्वाचन आयोगमा पुगेर बन्दसूची दर्ता गराउन पुगेका थिए । आयोगले दलहरुको सूची बुझ्दा भोलीपल्ट विहान भइसकेको थियो । त्यसपछि आयोगले दलहरुले बुझाएको बन्दसूचीमाथि छानविन गरेको थियो । आयोगले आजदेखि १६ गतेसम्म दलहरुलाई बन्दसूची सच्याउन समय दिएको छ ।