नेपालगन्ज: लगातारको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । बाढी र पहिरोका कारण १२ जना घाईते हुनुका साथै १८ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमाडौं, खोटाङ र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको पाइएकोहो ।
यस्तै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १÷१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १÷१ जना गरी १८ जना वेपत्ता भएका छन् ।
बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
सरकारले बाढी र पहिरो प्रभावितको उद्धार तथा राहत वितरणमा २७ हजार प्रहरी परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २७ हजार ८ सय ३० प्रहरी परिचालन गरिएको हो ।
बाढी र पहिरोले आफ्नै बास समेत गुमाएका प्रहरीसमेत उद्धार र राहत वितरणमा खटिएको प्रहरीले जनाएको छ । बाढी तथा पहिरो गएका सम्पूर्ण क्षेत्रमा आवश्यक स्रोतसाधन परिचालित गरि उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण तराइका विभिन्न जिल्ला डुवानमा परेका छन् । भने सडकको अवस्था जानकारी लिएर मात्रै बाहिर निष्किन प्रहरीले सबैसँग आग्रह गरेको छ ।
अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको हो । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ ।
पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी