नेपालगन्ज १३ असोज : बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्नुपर्ने बताए ।
हरेक ब्यक्तिले आफ्नो क्षमता बृद्धिसगँै आर्थिक शसक्तिकरणका लागि कदम उठाउन आवश्यक रहेको खरालले बताए ।
कार्यक्रममा वडा नम्बर–४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर–६ का वडाअध्यक्ष प्रेम मौर्य तथा गाउँपालिकाका जिन्सि शाखा प्रमुख भरत महतोले कमजोर आर्थिक अवस्थाकै कारण कसैले पनि दशैंमा भोकै बस्नु पर्ने बाध्यता नआओस् भन्दै आफ्नो दक्षता अनुसार दशैं मनाउनुपर्नेमा जोड दिए ।
शुभकामना अदान प्रदान कार्यक्रममा नरैनापुर गाउँपालिका अन्तरगत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख तथा कर्मचारीको पस्थिती रहेको थियो ।
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ