नरैनापुरमा दशैँको शुभकामना आदान प्रदान


नरैनापुरमा दशैँको शुभकामना आदान प्रदान

नेपालगन्ज १३ असोज : बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्नुपर्ने बताए ।

हरेक ब्यक्तिले आफ्नो क्षमता बृद्धिसगँै आर्थिक शसक्तिकरणका लागि कदम उठाउन आवश्यक रहेको खरालले बताए ।

कार्यक्रममा वडा नम्बर–४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर–६ का वडाअध्यक्ष प्रेम मौर्य तथा गाउँपालिकाका जिन्सि शाखा प्रमुख भरत महतोले कमजोर आर्थिक अवस्थाकै कारण कसैले पनि दशैंमा भोकै बस्नु पर्ने बाध्यता नआओस् भन्दै आफ्नो दक्षता अनुसार दशैं मनाउनुपर्नेमा जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

शुभकामना अदान प्रदान कार्यक्रममा नरैनापुर गाउँपालिका अन्तरगत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख तथा कर्मचारीको पस्थिती रहेको थियो ।