जेलबाटै रेशम चौधरीले गराए बर्दिया–२ बाट मनोनयन दर्ता


जेलबाटै रेशम चौधरीले गराए बर्दिया–२ बाट मनोनयन दर्ता

File Photo

नेपालगन्ज २३ असोज : २०७२ सालमा आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका छन् ।

उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली–१ बाट निर्वाचित भएका थिए । टीकापुर घटनाको मुद्दाका कारण चुनाव जितेर पनि संसद प्रवेश गर्न नपाएका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनले कारागारिभत्रबाटै नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । सोही पार्टीबाट अहिले उनी उम्मेदवार बनेका हुन् ।