आम निर्वाचन २०७९

केन्द्रसंगै बाँकेमा पनि एमाले र राप्रपाबीच सम्झौता


केन्द्रसंगै बाँकेमा पनि एमाले र राप्रपाबीच सम्झौता

एमाले–राप्रपा गठबन्धनका उम्मेदवार।

नेपालगन्ज २४ असोज : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले र राप्रपाबीच जिल्लामा पनि सम्झौता भएको छ ।

केन्द्रको सम्झौताअनुसार उम्मेदवारी दर्ता गरेका यी दलका जिल्ला नेताले सोमबार बाँकेमा पनि सम्झौता गरेका हुन् ।

बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये एमालेले दुई र राप्रपाले एउटा क्षेत्र लिएका छन् । प्रदेशको ६ वटा क्षेत्रमा एमालेले ५ र राप्रपाले एउटा क्षेत्र लिएको छ ।

एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपति र राप्रपाका अध्यक्ष नरेन्द्र कुमार पौडेलले हस्ताक्षर गरेको सम्झौतामा राप्रपाले क्षेत्र नम्बर–२ को प्रतिनिधि सभातर्फ नेपालगन्जका निर्वतमान मेयर समेत रहेका डाक्टर धवल शमशेर राणा र क्षेत्र नम्बर– १ को प्रदेश सभा (क) मा राप्रपा अध्यक्ष समेत रहेका नरेन्द्र कुमार पौडेल र बाँकी सबै सिटमा एमालेका उम्मेदवार रहने छन् ।

Kanti Aarogya Hospital Nepalgunj

एमालेबाट क्षेत्र नम्बर–१ मा सूर्य ढकाल प्रतिनिधि सभा र प्रदेश सभा (ख) मा दुर्गा चौधरी, क्षेत्र नम्बर–२ मा प्रदेश सभामा विजय यादव र निरक गुरुङ, क्षेत्र नम्बर–३ मा किस्मत कक्षपति प्रतिनिधि सभा र प्रदेशमा भीम ओली र रत्न खत्री उम्मेदवार छन् ।