नेपालगन्ज २५ असोज : अबिरल वर्षाका कारण घरबार विहिन भएका पीडितलाई बैजनाथ गाउँपालिकाले अत्यावश्यक सामाग्री वितरण गरेको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा उक्त सामाग्री वितरण गरिएको हो ।
बैजनाथको वडा नम्बर १, २, ३ र ८ का अतिविपन्न सहित पीडितलाई खाद्यान्न, त्रिपाल र झुल वितरण गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।
‘उक्त वडाका करिव ४० घर परिवारलाई सामाग्री वितरण गरिएको उनले बताए । अध्यक्ष शाहीका अनुसार अतिविपन्न परिवारलाई खाद्यान्नसहित त्रिपाल र झुल वितरण गरिएको छ ।
अन्य पीडितलाई त्रिपाल र झुल वितरण गरिएको शाहीले जानकारी दिए ।
‘हामीले तत्कालका लागि अत्यावश्यक सामाग्री वितरण गरेका हौं, अझै केही वडामा वितरण गर्न बाँकी नै छ,’ उनले भने । विपदको समयमा गाउँपालिकाले अत्यावश्यक सामाग्री वितरण गर्दा पीडितले धन्यवाद दिएका थिए ।
सो क्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, सम्बन्धित वडाका वडाअध्यक्ष, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । अबिरल वर्षाले गाउँपालिका भित्र पुर्याएको क्षतिको यहाँका जनप्रतिनिधीले निरीक्षण गर्दै आएका छन् ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर