बैजनाथका वर्षा पीडितलाई अत्यावश्यक सामाग्री प्रदान


बैजनाथका वर्षा पीडितलाई अत्यावश्यक सामाग्री प्रदान

नेपालगन्ज २५ असोज : अबिरल वर्षाका कारण घरबार विहिन भएका पीडितलाई बैजनाथ गाउँपालिकाले अत्यावश्यक सामाग्री वितरण गरेको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा उक्त सामाग्री वितरण गरिएको हो ।

बैजनाथको वडा नम्बर १, २, ३ र ८ का अतिविपन्न सहित पीडितलाई खाद्यान्न, त्रिपाल र झुल वितरण गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

‘उक्त वडाका करिव ४० घर परिवारलाई सामाग्री वितरण गरिएको उनले बताए । अध्यक्ष शाहीका अनुसार अतिविपन्न परिवारलाई खाद्यान्नसहित त्रिपाल र झुल वितरण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अन्य पीडितलाई त्रिपाल र झुल वितरण गरिएको शाहीले जानकारी दिए ।

‘हामीले तत्कालका लागि अत्यावश्यक सामाग्री वितरण गरेका हौं, अझै केही वडामा वितरण गर्न बाँकी नै छ,’ उनले भने । विपदको समयमा गाउँपालिकाले अत्यावश्यक सामाग्री वितरण गर्दा पीडितले धन्यवाद दिएका थिए ।

सो क्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, सम्बन्धित वडाका वडाअध्यक्ष, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । अबिरल वर्षाले गाउँपालिका भित्र पुर्याएको क्षतिको यहाँका जनप्रतिनिधीले निरीक्षण गर्दै आएका छन् ।