नेपालगन्ज २६ असोज : बाँकेका ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदारी फिर्ता लिनेमा एक जना प्रतिनिधि सभा र आठ जना प्रदेश सभाका उम्मेदवार सहित ९ जना रहेका छन् ।
काँग्रेसका स्थानीय नेतालाई बाइपास गरि बाहिरी जिल्लाबाट ल्याएर उम्मेदवार बनाएको भन्दै बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर–१ का प्रदेश सभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर– २ का प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारद्वय राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नम्बर–३ को प्रदेश सभा सदस्य उम्मेदवार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधि सभा र प्रदेशमा गरी ९ जना निर्वाचन हुन्छन् । त्यसका लागि ९८ जनाले उम्मेदवारी दिएका थिए ।