सल्यानी समाज बाँकेको अध्यक्षमा चन्द चयन


सल्यानी समाज बाँकेको अध्यक्षमा चन्द चयन

नेपालगन्ज २९ असोज : सल्यानी समाज बाँकेको अध्यक्षमा दशरथ चन्द चयन भएका छन् ।

सल्यानी सेवा समाज बाँके र सल्यानी समाज बाँकेको शनिबार सम्पन्न संयुक्त साधारण सभा तथा एकता अधिवेशनबाट चन्दको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समाजको महिला उपाध्यक्षमा शुशीला हमाल, उपाध्यक्षमा केशर ओली, महासचिवमा शालिकराम परियार, सचिवमा एकलाल थापा क्षेत्री, सचिवमा ईन्जिनियर विवेक लामिछाने र कोषाध्यक्षमा यसोदा शाह सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा जिवराज भण्डारी, काशीराम देवकोटा, रुमिता श्रेष्ठ देवकोटा, ईश्वरी रावत, अस्मिता शाह महतरा, निराजन शाह, कृष्ण भण्डारी, बलबहादुर केसी, चन्द्र प्रकाश शर्मा, नीमबहादुर बोहरा, भिमबहादुर चन्द, चन्द्रबहादुर खत्री, कमल चन्द र बुद्धिराज शर्मा चयन भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सल्यानी एकता समिति बाँकेका संयोजक जयबहादुर केसीको सभापतित्वमा सल्यानी समाज बाँकेका ८५ वर्षिया जेष्ठ नागरिक बिनी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनमा विशिष्ठ अतिथिहरु कर्णाली प्रदेशका पूर्वमन्त्री तथा सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश ज्वाला, नेपाली काँग्रेसका सह–महामन्त्री तथा बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौर र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल लगायतको उपस्थिती रहेको थियो ।