नेपालगन्ज ३० असोज : पश्चिम नेपालको सर्वाधिक पुरानो पत्रिका कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ ।
कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर–३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्रयाकसुट प्रदान गरेको हो । मंगोलियन क्लबबाट खेल्ने ८ जना खेलाडी लुम्बिनी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् ।
कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्री र कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले मंगोलियन जुडो क्लबका प्रशिक्षक विजय गुरुङलाई संयुक्त रुपमा ट्रयाकसुट प्रदान गरेका थिए ।
नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको कालपृष्ठ दैनिकले यस वर्ष आफनो स्थापनाको २५ औं वर्ष मनाउने तयारी गरिरहेको छ ।
रजत जयन्त अघि खेलक्षेत्रका व्यक्तिको सम्मान र हौसला बढाउन सहयोग गरिएको कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्रीले बताए । उनले भने, ‘रजत जयन्तको अवसर पारेर खेलकुद क्षेत्रमा राम्रो नतिजा निकालिरहेको क्लबका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । भौतिक पुर्वाधार, स्रोत साधन विना मंगोलियन क्लबले ओलम्पियन जस्ता खेलाडी उत्पादन गरिसकेको छ । क्लबले नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरिरहेको छ । खेलाडीको हौसला बढोस भनेर हामीले सहयोग गरेका हौं । आगामी दिनमा हामी सक्दो सहयोग गर्नेछौं ।’
मंगोलियन क्लबका प्रशिक्षक विजय गुरुङले आर्थिक अभावका बिच क्लबले प्रतिभावान खेलाडी उत्पादन गर्न सफल भएको बताए । उनले भने, ‘कालपृष्ठ दैनिकलाई धेरै धन्यवाद । यस्तै संघ संस्थाको साथ र सहयोगले हामीलाई खेलमा लाग्न उर्जा थप्ने गर्छ । खेलकुद क्षेत्रमा काम गर्न सहज छैन । आर्थिक अभाव सधै रहन्छ । तर पनि खेलकुद प्रतिको लगावले मैले प्रशिक्षणलाई रोकेको छैन ।’
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर