स्वर्गीय महावीर प्रसादको व्यक्तित्वबारे चर्चा


स्वर्गीय महावीर प्रसादको व्यक्तित्वबारे चर्चा

नेपालगन्ज ३० असोज : स्वर्गीय महावीर प्रसाद गुप्तको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै नेपालगन्जमा स्मृति दिवस मनाइएको छ ।

राजनीति, पत्रकारिता र साहीत्य क्षेत्रका बहुआयामिक व्यक्तित्व गुप्तको ३६ औं स्मृति दिवसमा उनको चर्चा गरिएको हो ।

१९८४ साउन ९ मा जन्मिएका गुप्ताको २०४३ असोज २९ गते निधन भएको थियो । नेपालगन्जका पूर्व नगरप्रमुख समेत रहेका स्वर्गीय गुप्त समाजसेवी, साहीत्य स्रष्टा समेत थिए ।

नेपालगन्जको पहिलो पत्रकारको रूपमा पहिचान स्थापित गराएका स्वर्गीय गुप्तको नाममा स्थापीत श्री महावीर प्रसाद गुप्त हिन्दी साहित्य पुरस्कार समितिले शनिबार स्मृति दिवस गरि उनको सम्झना गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले महाविर प्रसाद हिन्दी साहीत्य पुरस्कार कवियत्री कृष्णादेवी पाण्डेलाई प्रदान गरेका थिए ।

प्रदेश उपाध्यक्ष चौलागाईले स्वर्गीय गुप्ताले नेपालगन्जको पहिलो पत्रकारका रुपमा कार्य गरेको पाइएकोले उनलाई सोही अनरुपको पहिचान दिँदै स्थापीत गर्नु पर्ने आवश्यक्तामा जोड दिए । चौलागाईले प्रथम पत्रकारका रूपमा यदि अरु कोही छ भने उनीहरुको बारेमा पनि अध्ययन, बहस गर्न सकिने बाटो खुला रहेको स्पष्ट पारे ।

पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले पत्रकारिताको पूवाद्र्ध विकासमा महावीरको योगदान चीरस्मरीणय रहने बताए । उनले प्रथम पत्रकारका रूपमा बाँकेका महावीर र पण्डित योगेश्वर मिश्रबारे अध्ययन, सोध तथा बहसको आवश्यकता औंल्याए ।

बाँकेको पत्रकारिताको प्रारम्भमा निकै सक्रिय महावीर बारे चर्चा गर्दै स्वर्गीय गुप्ताका भतिजा समितिका अध्यक्ष विजय कुमार गुप्तले राजनीतिमार्फत नेपालगन्जको विकासमा कोरेको मार्ग रेखा ऐतिहासिक भएको उल्लेख गरे । पुर्व नगरप्रमुख समेत रहेका गुप्तको सामाजिक योगदान पु¥याएका विशिष्ठ व्यक्तित्वको इतिहास जिवन्त राख्नु पर्ने पनि सुझाव थियो ।

कार्यक्रममा हुलाक कार्यालय नेपालगन्जका प्रमुख गोविन्द पाण्डे, अवधी स्रष्टा विष्णुलाल कुमाल, साहित्यकार कृष्णादेवी पाण्डे लगायतले स्वर्गीय महावीर बारे चर्चा गर्दै उनको योगदानलाई स्मरण योग्य बनाउन स्मृतिकोष स्थापनामा सुझाव दिएका थिए ।