कोहलपुर ३१ असोज :बाम–लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नं १ (ख) को संयुक्त निर्वाचन परिचालन समितीको कार्यलय उद्घाटन गरिएको छ ।
कोहलपुरको गोलपार्क नजिक खोलीएको संयुक्त निर्वाचन परिचालन समितीको कार्यलयको उद्घाटन बाँके निर्वाचन क्षेत्र नम्बर–१ बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र बाँके निर्वाचन क्षेत्र नम्बर–१ (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा गरेका थिए ।
कार्यालयको उद्घाटन गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार अथकले देशभर वाम–लोकतान्त्रीक गठबन्धनको पक्षमा जनलहर उत्साहजनक देखिएको बताउदै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन सवै उत्साहजनक तरिकाले लाग्नु पर्ने बताए ।
उनले निर्वाचन परिचालन समितिको कार्यालयबाट निर्वाचन प्रचार प्रसारका सबै कामहरु व्यवस्थित तरिकाले हुने बताए ।
यस्तै बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर–१ (ख) का उम्मेदवार फुलाराम थारुले कार्यलय उदघाटनसँगै चुनावी गतिविधीले तिब्रता पाएको बताए ।
कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश (ख) का सभापती तथा संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्मा न्यौपाने लगाएत लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिती रहेको थियो ।