क्षेत्र नम्बर–३ मा खुल्यो सत्ता गठबन्धनको सम्पर्क कार्यालय


क्षेत्र नम्बर–३ मा खुल्यो सत्ता गठबन्धनको सम्पर्क कार्यालय

खजुराखुर्द (बाँके) ३१ असोज : सत्तारुढ गठबन्धनले बाँकेको क्षेत्र नम्बर–३ अन्तरगत प्रदेश सभा–३ ‘ख’ मा आफ्नो सम्पर्क कार्यालय खोलेको छ । उक्त कार्यालयको क्षेत्र नम्बर–३ का प्रतिनिधी सभाका उम्मेदवार एवम् नेपाली काँग्रेसका केन्द्रिय सह–महामन्त्री किशोरसिंह राठौंरले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौरले बाँके जिल्लासँग आफ्नो ६० वर्षदेखीको सम्बन्ध रहेको बताए ।

संबिधान र ब्यवस्था बचाउनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्नुपरेको प्रष्ट्याए ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर नेपाली जनतालाई धोका दिएको राठौरले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली काँग्रेस प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गठबन्धनबाट प्रलदेश सभा–३ ‘ख’ का उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा–३ ‘क’ का उम्मेदवार ईन्द्रप्रसाद खरेल ‘आईपी’, नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, नेपाली काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, संविधान सभा सदस्य आशा बिक, नेपागन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, गठबन्धन दलमा आवद्ध नेता, कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।