नेपालगन्ज १ कार्तिक : आगामी मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरि बाँके क्षेत्र नम्बर–२ प्रदेश (क) ले विभिन्न निर्णयहरु गरेको छ ।
प्रदेश सभापति ज्ञानेन्द्रकुमार चौधरीको सभापतित्वमा सम्पन्न बैठकले क्षेत्र नम्बर–२ मा काँग्रेसका तर्फबाट उम्मेदवारलाई विजयी गराउन विशेष रणनीति तयार गरेको हो ।
बैठकले क्षेत्र नम्बर–२ प्रदेश (क) अन्र्तगत रहेका १३ वटा वडामा प्रतिनिधी खटाइएको छ, भने सभापति चौधरीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ ।
बैठकले ४ जनालाई प्रदेश कार्यसमितिमा सदस्य मनोनित गरेको छ । बैठकले विष्णुसिंह ठकुरी, गंगाराम डाँगी, रुमबहादुर बुढाथोकी र धर्मपाल रैदासलाई सदस्यमा मनोनित गरेको हो ।
मनोानित सदस्यहरुलाई मनोनयन गरिएको पत्र प्रदान गरि स्वागत गरिएको थियो । आगाी मंसिर ४ गतेको निर्वाचनमा काग्रेसका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सम्पुर्ण सदस्यहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता गरिएको थियो ।
बैठकमा क्षेत्र नम्बर– २ प्रतिनिधी सभा सदस्य उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेश सभा (क) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा (ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले आफनो उम्मेदवारीबारे बोल्दै प्रजातन्त्रको रक्षा, समृद्ध विकासका लागि आफुहरुलाई मतदान गर्न आवहान गर्नुभएको थियो ।
बैठकमा प्रदेश सभा (ख) का सभापति जितेन्द्र हमाल, प्रदेश प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी