नेपालगन्जमा उद्दार तालिम


नेपालगन्जमा उद्दार तालिम

नेपालगन्ज ३ कार्तिक : नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा २ दिने खोज तथा उद्दार तालिम नेपालगन्जमा बुधबार बाँकेमा सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ र ७ का ३१ जनाको सहभागितामा आधारभूत खोज तथा उद्धार तालिम सम्पन्न भएको थियो ।

उक्त तालिममा अवस्थाको विश्लेषण, सामुदायिक खोज तथा उद्धार विधि, उपकरणको प्रयोग, आगो नियन्त्रण विधि,पानीजन्य आपतकाल लगायत भूकम्पबाट हुने सम्भावित जोखिमको बारेमा शैद्धान्तिक तथा व्यवहारिक ज्ञानवारेमा प्रशिक्षण दिएको थियो ।

शसस्त्र प्रहरी वल शम्शेरगंजका प्रहरी निरीक्षक विशाल पाण्डले सयोजन गरेको तालीममा शसस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर विक, रेडक्रस बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र शुशील चौधरीले सहजिकरण गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपमन्त्री तेजबहादुर सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन प्रकाश डिसी, युनिसेफ नेपालका प्रतिनिधि नरेश निदाल लगायतको उपस्थिति रहेको थियो ।