अपाङ्गता भएका बालबालिकाको शिक्षा विकासमा केन्द्रित


अपाङ्गता भएका बालबालिकाको शिक्षा विकासमा केन्द्रित

नेपालगन्ज ४ कार्तिक : बाँकेमा जिल्ला स्तरीय सिकाई आदन प्रदान कार्यक्रम नेपालगन्जमा गरिएको छ । अपाङ्गता सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक)नेपालद्वारा जिल्लामा सञ्चालित सबैका लागि शिक्षा परियोजनाका बारेमा सिकाई आदान प्रदान गरिएको हो ।

युएसएआइडिको आर्थिक सहयोगमा सञ्चालित सबैका लागि पढाई कार्यक्रम जिल्लामा चार वर्ष देखि सञ्चालनमा छ । परियोजनाले प्रारम्भिक बालविकास देखि कक्षा ३ सम्मका बालबालिकाको पठन सीप विकासमा सुधार गर्ने गरि काम गरेको सिकाई आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताले बताएका छन् ।

डेक नेपालका सचिव गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना संयोजक गोविन्द फुलाराले उदेश्यमाथि प्रकाश पारेका थिए । परियोजनाले ३६१ वटा विद्यालयका प्रध्यानाध्यापक र इमिस डाटा फोकल पर्सन गरि ७२७ लाई २ दिने र १३८ लाई पुनर्ताजगि गरि अपाङ्गता समावेशि शिक्षा तथा प्रारम्भिक पहिचान सम्बन्धि तालिम र पुन ६ पालिकाका २८० जनालाई तालिम प्रदान गरेको संयोजक फुलाराले जनाए ।

जिल्लाका ३६१ वटा विद्यालयका बालविकास देखि कक्षा ३ सम्मका ४२ हजार ६ सय ५३ बालबालिकाहरुको प्रारम्भिक पहिचान गरिएको परियोजना संयोजक फुलाराले जनाए । परियोजना मार्फत २ हजार २ सय ५६ जना सङ्कास्पद देखिएका मध्ये १२ सय २१ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरि १३५ जनालाई सहायता सामग्रीहरु वितरण गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

परियोजनाले सिकाई सहजिकरणका लागि आवश्यक सहयोग विद्यालयहरुलाई गरेकाले शिक्षा प्रदान गर्न सहज बनेको उपस्थित शिक्षकहरुले जनाए ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय संगको सहकार्यमा युएसएआईडिको सहयोग, एचआई, विश्व शिक्षासंगको साझेदारीमा डेक नेपालले बाँके जिल्लामा संचालन गरेको परियोजनाको सिकाई आदान प्रदान एक कार्यक्रमका विच गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्रबहादुर चौधरीले शिक्षा पद्धतीलाई अझै सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । समन्वय समितिका संयोजक चौधरीले सबैका लागि शिक्षा परियोजना फार्मत पढाईबाट बन्चितहुन पुगेका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन सकेकोमा धन्यबाद दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राज्यले सबै किसिमका बालबालिकाहरुलाई समान शिक्षा प्रदान गर्ने नीति लिएको भन्दै सबैका लागि शिक्षा परियोजनाले राज्यको लक्ष्यलाई पुरा गर्न सहज बनेको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी खत्रीले फरक क्षमता भएका बालबालिकाहरुलाई यसरी शिक्षाको पहुँचमा ल्याउन गरिएको परियोजना प्रभावकारी रहेको बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले फरक क्षमता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न गर्नुपर्ने सम्पुर्ण सहयोग पालिकाले गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका उपसचिव नारद धमलाले बाँके र सुर्खेतका जिल्लालाई विशेषगरी हेरिएको बताउँदै सोहि अनुसार परियोजना सञ्चालन गरिएको उल्लेख गरे ।

खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले अपाङ्गता भएका बालबालिकाको पहिचान गर्न र विद्यालय सम्मपढ्न आउने बातावरण सिर्जना गर्न परियोजनाले महत्वपुर्ण भुमिका खेलेको बताए । परियोजनाले गर्दा स्थानीय पालिकामा कस्तो कार्यक्रम बनाउने र सञ्चालन गर्ने भन्ने बारेमा पनि पहिचान गराइदिएको मल्लले जनाए ।

ज्ञानपुर्णोदय प्राथामिक विद्यालय राप्तीसोनारीका प्रध्यानाध्यापक भरत खड्काले परियोजनाले गर्दा अपाङ्गता भएका बालबालिकाको शिक्षाको विकासमा ठुलो सहयोग पुगेको जनाए । परियोजनालाई निरन्तरता दिन स्थानिय सरकारले चासो दिनुपर्नेमा सहभागिले जोड दिएका थिए ।

कार्यक्रममा साझेदार सस्थाहरुलाई बाँकेका स्थानिय तहका शिक्षा शाखाका प्रमुख, कार्यक्रम संचालन भएका विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।