नेपालगन्ज ५ कार्तिक : गत असोज महिनामा आएको अविरल वर्षा कारण डुवान प्रभावित बाँकेका स्थानीयलाई भोलेन्टीयर कोर नेपालले राहत वितरण गरेको छ ।
शुक्रबार समाजसेवी बिन्दु चर्तिमगरको नेतृत्वमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० र २२ मा १६० घरधुरीलाई चामल, दाल, तेल, नुन, साबुन, टुथ ब्रस, पेस्ट, टावेल, सेनेटरी प्याड लगायतका सामग्री वितरण गरिएको छ ।
तिहार नजिकिदैं गरिरहेका बेला डुवानबाट प्रभावितलाई राहत वितरण गरिएको हो । नेपालगन्ज उप–महानगरपालि २० नम्बर वडाको राझाँ र २२ नम्बर वडाको किंगरियन टोलका डुवान पीडितलाई दैनिक जीवन चलाउन समस्या परिरहेको खबर थाहा पाएपछि सहयोग गरिएको पुष्प व्यावसायी चर्तीमगरले बताईन् ।
सावर एक्सन हङकङ चाईनाको सहयोगमा शुक्रबार भोलेन्टीयर कोर नेपालले बाँके नेपालगन्ज नगरभित्रका डुवान पीडितलाई सहयोग गरेको हो । भोलेन्टीयर कोर नेपालका अध्यक्ष दीपक चापागाई, भोलेन्टीयर कोर नेपालका स्थानीय प्रतिनिधि बिन्दु चर्तीमगर, चेत बहादुर घर्तीमगरको अगुवाईमा राहत वितरण गरिएको थियो ।
भोलेन्टीयर कोर नेपालले नेपालमा प्राकृतिक विपद् आउने स्थानमा गएर सबै भन्दा पहिला राहत वितरण गर्दै आएको छ ।
भोलेन्टीयर कोर नेपालका अध्यक्ष चापागाईका अनुसार बुधबार दार्चुलामा प्राकृतिक विपद्बाट प्रभावित २०० घरधुरीलाई जस्ता पाता, ग्यास सिलिन्डर, खाद्यन्न, कृषि औजार, कृषि बिउँविजन वितरण गरिएको थियो ।
यसैगरी उक्त संस्थाले अछाममा पनि १ सय घरधुरीलाई सोलार बत्ति लगायतका राहत सामग्री, कोसिपारीका जनतालाई राहत सामग्री प्रदान गरेको थियो । अध्यक्ष दीपकका अनुसार सन् २०१८ देखी संस्थाले भुकम्पग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा स्वास्थ्य चौकी निर्माण गरि जनतालाई सेवा प्रदान गरिरहेको छ ।
प्राकृतिक प्रकोप कारण समस्या परेका आर्थिक अवस्था कमजोर भएका जनतालाई सहयोग गरिएको समाजसेवी चर्तीमगरले बताईन । उनले भनिन, ‘राहत वितरणमा सहयोग गर्ने सावर एक्सन र भेलेन्टीयर कोर नेपाल टिमलाई धन्यवाद । आज समस्या परेका मानिसलाई भेलेन्टीयर कोर नेपालले मानवीयता देखाएको छ । यसले समस्या परेका जनतालाई थोरै भएपनि राहत पुगेको छ ।’
प्राकृतिक प्रकोपका कारण प्रभावित जनतालाई भेलेन्टीयर कोर नेपाले गरिरहेको सहयोग निकै प्रशंनीय रहेको उनले बताईन ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी