चाडपर्व

तिहारका पाँच दिन कुन–कुन परिकार बनाएर चाख्ने ?


तिहारका पाँच दिन कुन–कुन परिकार बनाएर चाख्ने ?

नेपालगन्ज ५ कार्तिक : तिहार कुनै एक कुराले मात्र हैन विभिन्न कुराहरुको महत्व र मान्यताका कारण विशेष पर्व मानिन्छ । पाँच दिनसम्म मनाइने तिहारमा हामी विभिन्न देवी–देवता सहित पशु– पंक्षीको समेत पुजा गर्छौं । यो पर्वले दिदी–भाई र दाजु–बहिनीको प्रेमलाई पनि दर्शाउने गर्छ ।

तिहारको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितिय तिथिका दिन मनाईने भाइटिकाले यी सम्बन्धलाई अझ सुमधुर बनाउन सहयोग गर्छ । प्राचिनकालमा यमराजलाई बहिनी यमुनाले भाइटिका गरेको धार्मिक विश्वास रहिआएको छ । तिहारको पाँच दिन आफ्नी बहिनी यमुनाको घर बस्न जाने पनि धार्मिक मान्यता रहिआएको छ ।

तिहारमा लक्ष्मीको पुजा आरधना गर्ने मात्र नभएर सेलरोटीका साथमा विभिन्न मिठाईहरु पनि पकाएर चाख्ने गरिन्छ ।

तिहारका विभिन्न प्रसंगहरु जस्तै पटाका पट्काउने, साथीहरु देउसी–भैलो खेल्ने, नाचगान गर्ने, सबैतिर झिलिमिली बत्तिका साथमा सयपत्री, गोदावरी र मखमली फुलहरुले सिंगारिएका घरहरु, फलफुल र मसलाले भरिभराउ भएका पसलहरुले तिहारको आकर्षणमा सुनमा सुगन्ध भरिदिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

तिहारका पाँच दिनको आफ्नै मूल्य–मान्यता र महत्व रहेको छ । यी पाँच दिन विभिन्न किसिमको खाने कुराको स्वाद चाख्नु पर्ने पनि मान्यता रहेको छ । यसो गर्नाले लक्ष्मी प्रसन्न हुनुको साथै तपाईको स्वाद दुई गुणा हुने विश्वास गरिन्छ । तिहारका पाँच दिन कुन–कुन परिकार बनाएर चाख्ने ?

धनतेरस
तिहारको पहिलो दिन काग तिहार अथवा धनतेरसका दिन दहि खानु लाभदायी हुन्छ । यो दिन घरमा आएका पहुनालाई र कन्यालाई दहि खान दिनु अति नै शुभ हुन्छ ।

कुकुर तिहार
तिहारको दोस्रो दिन कृष्ण चतुर्दशी अथवा कुकुर तिहार हो । यो दिन कुकुरलाई पुजा गरिन्छ । तिहारमा लक्ष्मी संग–संगै यमराजको पनि पुजा गरिने भएकोले कुकुरलाई यमराजको दुतको रुपमा पुजा गर्ने चलन प्राचिनकाल देखि नै चलिआएको छ ।

कुकुर पुजा संग–संगै यो दिन पवनपुत्र हनुमानको पनि जन्म भएको दिन भएकाले हनुमान मन्दिरमा बुनियाँको लडडुको भोग लगाएर प्रसाद सेवन गर्नु पर्छ । घरमा बनेको बुनियाँको लड्डुलाई प्रसादको रुपमा भगवानलाई चढाउनु अति नै शुभ मानिन्छ ।

लक्ष्मी पूजाको दिन
तिहार विशेष दिन अर्थात लक्ष्मी पूजाको दिन कार्तिक कुष्ण औंशीमा हामी माता लक्ष्मीको पुजा आरधना गर्छौं । यो दिन प्रायः सबैले लक्ष्मीको ब्रत बस्ने र रातमा पूजा गर्छन् । यो दिन सबैको घर–घरमा सेल रोटिका साथ विभिन्न पकवान–मिठाईहरु पकाइन्छ र लक्ष्मीलाई भोग लगाइन्छ ।

यो दिन अर्थात लक्ष्मी पूजाको दिन अन्य परिकार संगै मखनाको खिर पकाउनु पर्छ । प्रसादहरु मध्य माता लक्ष्मीलाई मखनाको खीर अत्यन्त मिठो लाग्ने भएकाले लक्ष्मी पूजाको दिन मखनाको खिर पकाएर भोग लगाउनु अति नै शुभ हुन्छ । माता लक्ष्मीलाई मखनाको खिर भोग लागए पछि परिवारको सदस्यले पनि सेवन गर्नु पर्छ ।

गोवर्द्धन पूजा
गोवर्द्धन पूजाको दिन गोरुको पुजा गरिन्छ । यो दिनमा पनि लक्ष्मी पूजा जस्तै विभिन्न किसिमको पकवान पकाइन्छ । अन्य पकवानसंगै मलपुवा पनि पकाउनु पर्छ । मालपुवाको यो दिन भिन्दै महत्व रहेको छ । त्यसो त तिहारमा जाडो शुरु भैसकेको हुन्छ तातो तातो मालपुवाले सबैलाई आकषिर्त गर्छ । त्यसैले मालपुवालाई प्रसाद चढाए पछि सबैले सेवन गर्नु राम्रो हुन्छ ।

भाइटिका
भाइटिकाको दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइका लागि विभिन्न किसिमका परिकार बनाउने गर्छन् । दाजु–भाइको स्वाद र ईच्छा अनुसारको खाना खुवाउनु अति नै राम्रो हुन्छ । यो दिन आफ्ना दाजु–भाइलाई स–सम्मान भाइटिका लगाउने, पुजा गर्ने, फुल माला लगाईदिने, विभिन्न पकवान र मिठाई, मसला र फलफुलहरु उपहार स्वरुप दिइन्छ । आफुले बनाएको विभिन्न परिकारहरु खुवाएर दाजु–भाइको लामो आयु र सु–स्वास्थको कामना गरिन्छ । यस दिन चामलको परिकार बनाएर खानु र खुवाउनु अति नै शुभ मानिन्छ ।