कोहलपुर ५ कार्तिक : बाँके क्षेत्र नम्बर– १ (क) मा बाम–लोकतान्त्रीक गठबन्धनको प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
राप्तिसोनारी गाउँपालिका वडा नम्बर–२ अगैयामा शनिबार बसेको बाम–लोकतान्त्रीक गठबन्धनको संयुक्त बैठकले पट्टु थारूको संयोजकत्वमा १५ सय ५१ सदस्यीय बाँके क्षेत्र नम्बर–१ (क) प्रदेश निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सह–संयोजकको जिम्मेवारी नेपाली काँग्रेसका नेता अमरबहादुर बुढाथोकीलाई दिईएको छ ।
बैठकले पट्टु थारुकै संयोजकत्वमा १३ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालयले क्षेत्र नम्बर–१ (क) अन्तर्गतका १३ वटै वडामा चुनावी गतिविधि सञ्चालन गर्ने बताईएको छ ।
नेकपा माओवादी केन्द्र, प्रदेश क्षेत्र नम्बर–१ (क) का संयोजक पट्टु थारुको अध्यक्षतामा बसेको बैठकमा बाँके क्षेत्र नम्बर–१, प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक), प्रदेश सभा (क) का उम्मेदवार कृष्णा केसी (नमुना), नेकपा माओवादी केन्द्र बाँकेका इन्चार्ज पुर्णा कुमारी सुवेदी, नेपाली काँग्रेसका नेता हुर्मत न्यौपाने, नेपाली काँग्रेस प्रदेश (क) का कार्यबहाक सभापती अम्बर बहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र, क्षेत्र नम्बर–१ संयोजक रेणुका खड्का लगाएत बाम–लोकतान्त्रीक गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।